भारतले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। मोहम्मद शमीको ५ विकेट र शुभमन गिलको शतकीय इनिङ्सको मद्दतले भारतले लक्ष्य सजिलै भेट्टायो। दुबईमा भएको खेलमा भारतले बंगलादेशलाई पहिलो इनिङ्समा २२८ रनमै रोक्यो। शमीले ५३ रन दिएर ५ विकेट लिए भने अक्षर पटेलले पनि सुरुवातमै २ विकेट लिए। बंगलादेश ९…