लुम्बिनी : लुम्बिनी प्रदेश सभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो।
बिहीबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाए। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेकोप्रदेश प्रमुख कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए।
प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हिउँदे अधिवेशनमा १६ वटा बैठक बसेका थिए।




