लिनेस
वाणगंगा २ वैशाख
गोल्डेन होराइजन माध्यमिक विद्यालयको वार्षिक उत्सव अभिभावक दिवस तथा नतिजा प्रकाशन समारोह सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले ले भन्नुभयो यस क्षेत्रको शैक्षिक उन्नतिमा संस्थाको महत्त्वपूर्ण भूमिका । भौतिक स्थापत्य तथा पूर्वाधार निर्माणमा विद्यालयको उल्लेख्य प्रगति गरेको । अनुभवी र प्रशिक्षित शिक्षक टिमले युक्त (हे थे। SBE मा ६२% A+ सहित १००% उत्तीर्ण गर्न सफल यस क्षेत्रको सामाजिक आर्थिक धरातलअनुसार सहुलियत पूर्ण सुलभ शुल्कदा रहेको। अभिभावकोकको आस्था र रोजाइको केन्द्र विन्दुमा रहेको उहाँको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य हरिप्रसाद अधिकारीले सम्मानित लाई शुभकामना दिँदै पूर्वीय शील संस्कृतिलाई पुनर्जागरण गर्दै आधुनिक व्यावसायिक शिक्षामा विशेष जोड दिनु आजको आवश्यकता हो। । प्रत्येक विद्यार्थी मा विशेष प्रतिभा हुने तथ्यलाई हृदयङ्गम गरी तिनलाई अङ्कुरित र प्रस्फुटित तुल्याउन मन परिवेश प्रदान, जीवनोपयोगी शिक्षाने अवको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
सञ्चाक समिति सदस्य डिल्लीराम भट्टराईको अध्यक्षता
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता , विद्यालय सञ्चालक समिति सदस्य गोविन्दप्रसाद गेवालीको आतिथ्यता र कमल प्र. खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।
सो अवसरमा शैक्षिक नतिजा तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सर्वोत्कृष्टता प्राप्त गर्ने झण्डै ३०० जना विद्यार्थीहरु सम्मानित तथा पुरस्कृत भएका थिए।




