आज २० औं लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई देशमा लोकतन्त्र स्थापना दिन । संयोग यस्तो परेको छ कि राजतन्त्र अन्त्य भएको ठिक दुई दशकपछि आफूले शासनसत्ता सुम्पिएकै दिन पारेर काठमाडौँ बाहिर निस्कन लाग्नुभएको छ।
देशमा भएको जेनजी आन्दोलनको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुईतिहाइको बहुमतसहित बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पोखरातर्फ निस्कन लाग्नुभएको बुझिएको छ।
संविधान संशोधन लगायत व्यवस्था परिवर्तनको चर्चा चलिरहँदा कतिपयले राजालाई स्थायी राष्ट्रपतिको रूपमा पुनः राजालाई फर्काउन लागेको रूपमा पूर्वानुमान गरिरहेका छन् ।




