आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ । शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो ।स्पेनले ओलम्पिमा पुरुक्ष फुटबलका जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको…