टप इन्ड टी– २० सिरिजमा लगातार तेस्रो हार

अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ। अघिल्ला दुई खेलमा पराजित भएको नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। डार्बिनमा मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो। नेपालका ओपनर आशिफ शेखले ५३ रनको अर्धशतकीय पारी खेले। कप्तान…