सिद्धिपुर, ९ कार्तिक ।
शुभ दीपावलीको सुअवसरमा विद्यार्थीहरुले शुक्रवार देउसी खेलेका छन् । होराईजन माध्यमिक विद्यालय वाणगंगा ४ सिद्धिपुरमा अध्ययनरत विद्यार्थीहरुले हर्षाेल्लासका साथ विद्यालय परिसरमा देउसी खेलेका हुन् ।
विद्यालयले शुक्रबारीय कार्यक्रम अन्तर्गत देउसी कार्यक्रम आयोजना गरेकोमा ४ सदनका विभिन्न ८ समूहले देउसी भैलोका परम्परागत संस्कृति झल्किने सर्वाेत्कृष्ट प्रस्तुतिहरु देखाएका विद्यालयका निमावि तह संयोजक सालिकराम आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा जुनियर तर्फ रातो सदन प्रथम, नीलो सदन द्धितीय, सेतो सदन तृतीय तथा सिनियर तर्फ हरियो सदन प्रथम, नीलो सदन द्धितीय र रातो सदनले तृतीय स्थान प्राप्त गरेको पूर्व प्रा.वि. तह संयोजक चन्द्रा मल्ल सेनले बताउनुभयो । देउसी भैलो कार्यक्रममा विभिन्न अप्रतियोगी समूहहरुले पनि रोचक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम उच्च मावि तह संयोजक मोहन प्रसाद वेल्वासेको अध्यक्षता, मावि तह संयोजक गीता शर्मा, कलाकर्मी संगीत प्रशिक्षकद्वय रञ्जीत भण्डारी, मदनसिंह रेश्मी, विद्यालयका विज्ञान विषय विभाग प्रमुख प्रेमराज पोख्रेल, गणित विषय विभाग प्रमुख दधिराम ज्ञवाली, नेपाली विषय विभाग प्रमुख विष्णु तिवारी, सामाजिक विषय विभाग प्रमुख नवराज घिमिरे, सांस्कृतिक कार्यक्रम संयोजक कान्ता गहतराज, अतिरिक्त क्रियाकलाप संयोजक शिव कुमार सुवेदी, लगायतको आतिथ्यता तथा प्रा.वि तह संयोजक पदमपाणी ढुंगानाको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।