न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिस गरेको छ।
न्यायपरिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको हो।
योसँगै सर्वोच्च अदालतका रिक्त न्यायाधीश पदपूर्तिका लागि न्यायपरिषद्बाट चारजनाको नाम सिफारिस भएको छ।




