ट्रम्पको स्पष्टोक्ति


२० आश्विन २०८३, मंगलबार  

0
Shares

राष्ट्रपति डोनल्ड ट्रम्पले “केही खतराका कारण” संयुक्त राज्य अमेरिकाले यूकेको आरएएफ फेअरफर्ड अखडाबाट आफ्ना बमवर्षक विमानहरू फिर्ता लगेको बताएका छन्।

यसअघि अमेरिकी रक्षा मन्त्रालयले आरएएफ फेअरफर्डबाट आफ्ना सबै बमवर्षक विमानहरू अमेरिका लगिएको आइतवार पुष्टि गरेको थियो।

यूकेको सैन्य हवाई अखडाबाट अमेरिका फिर्ता लगिएका बमवर्षक विमानहरूमा करिब एक दर्जन ‘बी-वन’ रहेको बुझिएको छ।

Skip content and continue reading
२० वर्षपछि इराक छाड्दै अमेरिका : केके गर्‍यो, अब के हुन्छ
३० सेप्टेम्बर २०२६
दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ‘ध्वस्त पारिदिने’ संयुक्त राष्ट्रसङ्घमा ट्रम्पको चेतावनी
२३ सेप्टेम्बर २०२६
End of content
सोमवार नेब्रास्काका लागि प्रस्थान गर्न लागेका ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकालाई “खतरा”बारे जानकारी भएको र सोही कारण बमवर्षक विमानहरू फिर्ता ल्याउनुपरेको बताए।

त्यसअघि सोमवार ब्रिटिश प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले आरएएफ फेअरफर्ड सुरक्षित रहेकोमा जोड दिँदै गत साता ट्रम्पले यूकेका “प्रहरी, प्रतिरक्षा र सुरक्षा सेवाहरू”को प्रशंसा गर्दै दिएको अभिव्यक्तिको स्मरण गराए।

विज्ञापन

ठूलो घटनापछिको कदम
गत सेप्टेम्बर २७ तारिखमा ग्लोस्टर्शरस्थित विमानस्थलनजिकै तीनवटा “शङ्काकास्पद सवारीसाधनहरू”बारे यूकेको प्रहरीलाई सजग गराइएको एउटा ठूलो घटनापछि पछिल्लो कदम चालिएको भन्ने विवरणबीच राष्ट्रपति ट्रम्पको टिप्पणी आएको हो।

ह्वाइट हाउसबाहिर पत्रकारहरूको एउटा समूहसँग ट्रम्पले कुरा गरिरहँदा के “कुनै खास खतरा”का कारण अमेरिकाले बमवर्षक विमानहरू लगेको हो कि भनेर सोधिएको थियो।

“हो, मेरो विचारमा हामी त्यो चाहिँ भन्न सक्छौँ। कुनै दुर्घटना भएर त्यहाँबाट फिर्ता ल्याइएको होइन,” ट्रम्पले भने।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ३७ बजे