ग्रामीण क्षेत्रमा सहरको जस्तै सर्वोत्कृष्ट शैक्षिक नतिजा । SEEमा GPA 4 ल्याउने विद्यार्थीलाई सनलाइटले दियो ५१ हजार पुरस्कार।।


२९ बैशाख २०८३, मंगलबार  

0
Shares

कमला सापकोटा पौडेल।

बाणगंगा २९ वैशाख

शुद्धोधन १ बग्दी कपिलवस्तुमा अवस्थित सनलाइट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले SEE परीक्षाको नतिजामा GPA4 ल्याउन सफल भए पछि विद्यालयले पूर्व घोषणा गरेअनुसार ५१ हजार नगद पुरस्कार प्रदान गरेको छ।

शुद्धोधन एक बग्दी निवासी असिद भुसालले सोमबार प्रकाशित नतिजा अनुसार एसइइमा जिपिए 4 ल्याउन सफल भएपछि विद्यालयले उनलाई सम्मान गरेको हो।

यसपटकको एसइइमा सो विद्यालयबाट १७ जना विद्यार्थी सहभागी भएकोमा एकजना gpa4 पाँचजना ए प्लस ५ जना ए र बाँकी सबै विद्यार्थी विभिन्न ग्रेडमा उत्तीर्ण भएका छन्। विगतदेखि नै शत प्रतिशत उत्तीर्ण नतिजा ल्याउँदै आएको सनलाइट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले यस वर्ष विद्यालयको इतिहासमा सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको प्रति आफूहरु हर्षित भएको विद्यालयका प्रबन्ध निर्देशक SN त्रिपाठीले बताउनुभयो।

समादरणीय अभिभावकज्यूहरूको स्नेह विद्यार्थी भाइबहिनीहरूको लगन र शिक्षक शिक्षिका ज्यूहरूको उचित मार्ग निर्देशनका कारण मात्रै यस्तो सर्वोत्कृष्ट नतिजा ल्याउन सम्भव भएको भन्दै उहाँले सबै सबैको भूमिकाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

विगतदेखि नै हरेक SEE परीक्षामा ए प्लस सहित शत प्रतिशत उत्तीर्णको नतिजा ल्याउँदै आएको विद्यालयले यसपटक जिपीए फोर ल्याउँदा आफूहरू हर्ष विभोर भएको विद्यालयका प्रधानाध्यापक संगीता शर्माको अनुभूति छ ।

SEE परीक्षामा शुद्धधन गाउँपालिकाकै पहिलो विद्यालयका रूपमा सनलाइट अंग्रेजी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले जिपिए फोर ल्याएको भन्दै जानकारहरूले मुक्तकण्ठले विद्यालयको प्रशंसा गरेका छन्। यस अवस्थामा गाउँपालिकाको कार्यालयले पनि सम्बन्धित विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गर्दा उपयुक्त हुने उनीहरूको ठम्याई छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : ११ बजे