“शिक्षा र कला बिच अन्योन्याश्रित सम्बन्ध छ”-गजुरेल



लिनेस, वाणगंगा ।

हाँस्य व्यंग्य क्षेत्रका बादशाह मनोज गजुरेलले होराइजन मा.वि.को गरीमा देशमै अग्रस्थानमा रहेको प्रति खुशि व्यक्त गर्नु भएको छ । विहिवार चन्द्रौटामा होराईजन मावि वाणगंगा ४ सिद्धिपुर कक्षा १२ द्धारा आयोजित कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा विशेष अतिथीका रुपमा आमन्त्रित उहाँले शिक्षा र कला विच एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेकोले कला प्रवद्र्धनमा होराइजनले गरेको योदान प्रशंसनीय रहेको आफूले पाएको बताउनु भयो । गजुरेलले आफ्नो प्रतिभा तिखार्न विद्यार्थीहरुलाई अभिप्रेरित समेत गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि होराइजन माध्यमिक विद्यालय तथा सयपत्री क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले देशमै केही गर्नु पर्ने बताउँदै विद्यार्थीहरूलाई देश विकासमा टेवा पु¥याउने गरि अगाडी बढ्न सुझाउनु भयो ।

विद्यालयका प्राचार्य तथा सयपत्री क्याम्पस प्रमुख बासुदेव घिमिरेले शुभकामना मन्तव्य दिँदै विद्यालयको शैक्षिक उपलब्धिहरू बारे जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले होराईजन मा.वि.ले राष्ट्रिय स्तरमै सर्वाेत्कृष्टता प्राप्त गर्दै आएकोमा सयपत्री क्याम्पसका विद्यार्थीले नेपाल तृतीय भई विद्यालय तथा क्याम्पसको गरीमालाई अझ उँचो बनाएको भन्दै आगन्तुक विद्यार्थीहरुबाट पनि सोहि किसिमको नतिजाको अपेक्षामा आफू रहेको भनाई राख्नु भयो ।

कार्यक्रम कक्षा १२ का विद्यार्थी मनीष गिरिको अध्यक्षता, समशेरदल गण गरुसिङेका गणपति प्रमुख सेनानी विदुरध्वज अधिकारी, सयपत्री क्याम्पसका प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरे, प्लस टु संयोजक मोहन प्रसाद बेल्वासे लगायतको आतिथ्यता, विद्यार्थी अर्चिता आचार्यको स्वागत र  कुशल भुसाल र सोनि भन्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १ : १४ बजे