नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमवार आयोजना गरेको कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले जर्सी सार्वजनिक गरे। नयाँ जर्सीको तल गैँडा र सगरमाथा छ। जर्सीको बीचमा नेपाल लेखिएको छ भने रङ्ग निलो, रातो, हल्का मधुरो कलेजी र सेतो रहेको छ। बायाँतर्फ क्यान र दायाँतर्फ आईसीसी…