आन्दोलनरत आवासीय चिकित्सकहरूले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन् । नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक बाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको छ । अहिलेसम्म पनि आफूहरूले निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकाले आन्दोलन गर्नुपरेको आवासीय चिकित्सकहरूले जनाएका छन् । काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरूले आज…