आईपीओ निष्कासनका लागि अनुमति दिनुुुपर्छ-ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओ निष्कासनका लागि अनुमति दिन सरकारसँग आग्रह गरेका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौंमा बुधबार आयोजना गरेको अन्तरक्रियामा ढकालले करिब २५ देखि ३० वटासम्म कम्पनी नियमित आईपीओमा लैजानका लागि लाइनमा रहे पनि रोकिएको बताए। उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक…