राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर करिब साढे ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ३.४ प्रतिशत आर्थिक वृद्धि रहने प्रारम्भिक अनुमान गरेको हो । उक्त अवधिमा निर्माण क्षेत्र…