सरकारले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा अच्युत वाग्ले र प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्ति गरेको छ । लामो रस्साकसीपछि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिमा नियुक्ति गरेका हुन् । थापाले भने सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट नेपाल प्रहरीको नेतृत्व पाएका हुन् । २ असोज २०७९ देखि रजिस्ट्रारको जिम्मेवारीमा रहेका वाग्ले गत ४ माघदेखि निमित्त उपकुलपति…