१९ कात्तिक, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यून यात्रु चाप र व्यावसायिक घाटाका कारण वायुसेवा कम्पनीले नियमित उडान गर्न नसकेको सरकारी आयोगले निष्कर्ष निकालेको छ । नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले यहाँ नागरिक उड्डयन प्राधिकरणले जबर्जस्ती उडान बढाउन खोजे पनि यथास्थितिमा व्यावसायिक सम्भाव्यता नदेखिएको भन्दै विकल्प खोज्न सुझाव…