नेपालको ऐतिहासिक जित

काभा महिला नेशन्स भलिबल लिगमा नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ। दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको खेलमा नेपालले पहिलोपटक भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा विजयी भयो। पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो खेल १२–२५ ले गुमाउन पुगेको थियो। तेस्रो सेटमा…