इलाममा मात्रै ३७ को मृत्यु

इलाममा अविरल वर्षासँगै गतरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीनजनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३…