प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको ज्यान जाने गरि भएको जेनजीको आन्दोलनमा सरकारी दमनबारे मुख खोलेका छन् । जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाले आफू मर्माहत भएको प्रधानमन्त्रीले बताएका छन्। उनले दुई पृष्ठ लामो वक्तव्य निकाल्दै आन्दोलनमा बाह्य घुसपैठ भई संवैधानिक निकायका कार्यालयमा तोडफोड र आगजनी भएपछि अप्रिय स्थिति आएको दाबी…