आत्मकथा: बिहे लगत्तै जेलको यात्रा

दुर्गाजीले जेल जीवनमा भोगेका मानसिक र शारीरिक यातनाका कारण उहाँ अस्थिर हुनुहुन्थ्यो । लगभग छ–सात महिनासम्म दुर्गाजी बेखबर हुनुभयो । त्यस्तो प्रतिकूल समयमा पनि म कत्ति विचलित भइनँ । आफ्नो वकालती काम र घर–व्यवहारलाई सकेसम्म राम्रो बनाउने कोशिश गरिरहेँ । पञ्च सरकारले धरानको मेरो घरअगाडि सादा पोशाकमा प्रहरी छाडेको थियो, जसलाई सबैले भिजिलान्ते पुलिस भन्थे…