काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहविरुद्ध सरकारी कागजात किर्ते गरेको गम्भीर आरोप लागेको छ। उनले आफ्नो नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरीसमेत दर्ता भएको छ। जाहेरीकर्ताले बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाउन नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै उक्त जाहेरी दिएका हुन्। उक्त जाहेरीमा बालेनले आफ्नो पुर्ख्यौली मधेशी पहिचान लुकाएर उच्च…