सर्वोच्चमा उच्चका चार न्यायाधीश सिफारिस

न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका चारजना न्यायाधीशको नाम सिफारिस गरेको छ। न्यायपरिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको हो। योसँगै सर्वोच्च अदालतका रिक्त न्यायाधीश पदपूर्तिका लागि न्यायपरिषद्‌बाट चारजनाको नाम सिफारिस भएको छ।