सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन् ।
संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध गरेपछि बुधबारकाे बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका हुन् ।




