आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाका कारण ढिलो हुने भएको छ। मैदान भएको क्षेत्रमा ठूलो पानी परेर केहीबेर अघि मात्र रोकिएको बताइएको छ। सिनियर क्रिकेट प्रतियोगितामा…