स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति पौडेललाई विमानस्थलमा प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिले स्वागत गरेका थिए। राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा जर्मनी सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए। यसअघि सोमबार राष्ट्रपति पौडेल…