नेसपाको अध्यक्षमा भट्टराई निर्वाचित

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ र चापागाईँले ७३ मत ल्याए । महासचिवमा सोनामसिंह स्याङ्तान विजयी भएका छन् । उपाध्यक्षहरुमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई, दुर्गा सोब, ईश्वरी रिजाल, टेकबहादुर…