पोखरा महानगरपालिका-१७ मुस्ताङचोक सहकारीपीडितले प्रदर्शन गरेका छन् । यसअघि राष्ट्र बैंकचोकमा प्रदर्शन गर्ने तयारी गरे पनि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेपछि उनीहरूले मुस्ताङचोकमा प्रदर्शन गरेका हुन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति/सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम तुरुन्त फिर्ता गर्न उनीहरूको…