नेपालबाट बङ्गलादेशमा बिजुली निर्यात सम्झौता

नेपालबाट बङ्गलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बङ्गलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा आज नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौतामा हस्ताक्षर भएको हो…