नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। देउवा पक्षले ‘एनसी १५ जनरल कन्भेन्सन डटकम’ नाममा वेबसाइट सञ्चालनमा ल्याएको हो।
वेबसाइटमा निवर्तमान सभापति देउवा र पूर्वमहामन्त्री शशांक कोइरालाको तस्बिर राखिएको छ। वेबसाइटमा कांग्रेसको परिचय, १५औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी सूचना तथा पछिल्ला गतिविधि समेटिएका छन्।
Global ime bank
TATA Loconav
वेबसाइटमार्फत सदस्यताका लागि आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ। देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ।
१५औँ महाधिवेशन तयारी समितिमार्फत देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ।




