जनमत र नाउपा एकता


२४ चैत्र २०८१, सोमबार  

0
Shares


जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी राख्न दुवै दल सहमत भएका छन्।

पार्टी अध्यक्ष सिके राउतलाई बनाउने सहमति भएको छ भने चुनाव चिह्न नागरिक उन्मुक्ति पार्टीको ढकियालाई राख्ने सहमति भएको छ। पार्टी वरीयतामा रेशम चौधरीलानई संरक्षक‚ सिकेलाई अध्यक्ष र त्यसपछिको क्रममा रञ्जिता चौधरीलाई राखिने भएको छ।

कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खाँणले चुनाव चिह्न ढकिया राख्ने निर्णय भएको जानकारी दिए।

भूगोल पनि प्रभावको हिसाबले बाँडिएको छ। पूर्वी जिल्ला झापादेखि चितवनसम्म सिकेले हेर्नेछन् भने नवलपुरदेखि कञ्चनपुरसम्म रेशमले हेर्नेछन्।

आइतबार बर्दियामा बसेको एकता कार्यदलको बैठकले नाम‚ चुनाव चिह्न र पदीय जिम्मेवारीमा सहमति गरेको हो।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  १० : १२ बजे