१७ औँ कपिलवस्तु महोत्सवमा कृषकका उत्पादनलाई बजारसँग जोड्ने विषयमा छलफल


११ मंसिर २०८३, बिहिबार  

0
Shares

१७ औँ कपिलवस्तु महोत्सवमा जिल्लाका कृषकलाई सहभागी गराउँदै उनीहरूको उत्पादनलाई बजारीकरणसँग जोड्ने विषयमा छलफल गरिएको छ ।.

बिहीबार कपिलवस्तु उद्योग वाणिज्य संघको परिसरमा सरोकारवालाबीच छलफल भएको हो ।छलफलमा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज तथा पशुपालनजन्य उत्पादनलाई महोत्सवमा प्राथमिकता दिने, कृषकका उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने तथा उत्कृष्ट कृषकलाई सम्मान गर्ने विषयमा विचारविमर्श गरिएको थियो ।छलफलमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, बाणगंगा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष छविरेश्मी मगर, नगरपालिकाका कृषि शाखा प्रमुख लेसबहादुर केसी, पशु शाखाका चिकित्सक ध्रुव ज्ञवाली, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो ।कृषि, पशु, वन तथा जडिबुटी उपसमितिका संयोजक राजेन्द्र विक्रम शाहले व्यावसायिक कृषि तथा पशुपालनमा संलग्न कृषकलाई महोत्सवमा सहभागी भई आफ्ना उत्पादनको बजारीकरण तथा प्रवर्द्धन गर्न आग्रह गरेका छन् । महोत्सव कृषकका उत्पादनलाई उपभोक्ता तथा बजारसम्म पुर्‍याउने अवसर बन्न सक्ने भन्दै उनले कृषकलाई जोड्नुपर्नेमा जोड दिए ।संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले महोत्सवमा कृषकलाई प्राथमिकतामा राखिएको बताउँदै कृषकका उत्पादनलाई प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्‍याउन सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । उनले महोत्सवलाई व्यापारिक गतिविधिसँगै स्थानीय उत्पादन, कृषि तथा कृषकको पहिचान प्रवर्द्धन गर्ने अवसरका रूपमा अघि बढाउनुपर्ने धारणा

प्रकाशित मिति : ११ मंसिर २०८३, बिहिबार  १० : ५३ बजे