मलाई नेपाली भएर बाच्ने आधार दिनुस्


९ फाल्गुन २०८१, शुक्रबार  

0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाच्ने आधार दिन भन्दै स्टास लेखेका छन् ।

अमेरिका, इन्डिया र चिनले मनलाग्दी अमानवीय व्यवहार गरिरहेको भन्दै उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सो स्टास लेखेका हुन् ।

उनले लेखेका छन्, ‘अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस् , नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

यो भन्दा अगाडि नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १२ : ५६ बजे