नेसपाको अध्यक्षमा भट्टराई निर्वाचित


१ फाल्गुन २०८१, बिहिबार  

0
Shares

नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । चुनावी प्रतिस्पर्धामा भट्टराईले ७६१ र चापागाईँले ७३ मत ल्याए ।

महासचिवमा सोनामसिंह स्याङ्तान विजयी भएका छन् । उपाध्यक्षहरुमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई, दुर्गा सोब, ईश्वरी रिजाल, टेकबहादुर बाठामगर, उमेश शाह चयन भएका छन् । केन्द्रीय समितिका ९९ मध्ये ९ जना मात्र मनोनयन गर्ने नयाँ शक्तिको विधानमा व्यवस्था छ ।

कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्विरोध भएका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो । नवनिर्वाचित कार्यसमितिले बिहीबार नै पद तथा गोपनियताको शपथ लिएको छ । केही नेताहरुले नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै शपथ समारोहमा केहीबेर होहल्ला गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १० : ३३ बजे