खो खो विश्वकप : आज उपाधि भिडन्त


६ माघ २०८१, आइतबार  

0
Shares


खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको फाइनल खेल हुँदैछ । दुवैतर्फ नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फको फाइनल खेल भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा बेलुका ७ बजे सुरु हुनेछ । यस्तै पुरुषतर्फको खेल राति सवा ८ बजे सुरु हुनेछ ।

नेपालको महिला टोली समूह सीबाट अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुरुष टोली समूह ‘ए’को उपविजेता हुँदै फाइनल पुगेको हो ।

पुरुषतर्फ नेपालले सेमिफाइनलमा इरालाई हराएको थियो भने महिलातर्फ युगाण्डालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  २ : ११ बजे