प्रतिपक्षी दलहरूद्वारा राष्ट्रपतिको ध्यानाकर्षण




प्रतिपक्ष दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । कांग्रेस-एमाले सरकार निरंकुश बाटोमा जान सक्ने जोखिम रहेको भन्दै उनीहरुले बुधबार भेटवार्ता गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरुले कांग्रेस-एमाले बहुदलीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध दुईदलीय व्यवस्थामा जान खोजेको भन्दै राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको एक नेताले बताए ।

प्रतिपक्ष दलहरुले सेवा प्रवाहमा सरकार कमजोर भएको, जनताको आशा र भरोसा टुट्दै गएको राष्ट्रपतिसमक्ष बताएको भेटवार्तामा सहभागी एक नेताले सुनाए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ७ : ४४ बजे