चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले देशको जिम्मा अब राप्रपालाई दिनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रत्ननगर नगर कार्यसमिति चितवनले आयोजना गरेको तीज विशेष शुभकामना कार्यक्रममा बोल्नुहुँदै पूर्वमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
ठूला शक्तिशाली दलहरुकै कारण देशको अवस्था नाजुक भएको उल्लेख गर्दै अब देशलाई जोगाउन जनताले राप्रपा चुन्नुपर्ने बताउनुभयो ।पञ्चायतकालमा भएका बिकासलाई निमितान्न पारेर युवालाई पराईको देशमा जान बाध्यपार्ने ठूलादलहरुको अझै चेत नखुलेको बताउनुभयो ।आफ्नो देशको धर्म संस्कृतिको प्रबर्द्धनमा लागेको एकमात्र राष्ट्रबादी पार्टी राप्रपा नै भएको भन्दै उहाँले ८४ मा बहुमतको पार्टी बन्ने उद्घोष गर्नुभयो ।
यसैबीच राप्रपा सहमहामन्त्री एवं पूर्व बागमती प्रदेशसभा सदस्य रिना गुरुङले महिलाका हकहित र अधिकार कार्यान्वयनमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ ।आजको २१ औं शताब्दीमा समेत राज्यका सबै तहमा महिलाको सहभागीता अझै सुनिश्चित नभएको भन्दै उहाँले महिलामैत्री रोजगारी र नेतृत्व तहमा महिलाको उल्लेख्य सहभागीता गराउनुपर्ने धारणा राख्नुभएको हो ।