एमाले वाणगंगामा नेतृत्वको लागि चुनाव


८ भाद्र २०८१, शनिबार  

140
Shares

सहमति टरेपछि, नेकपा (एमाले) वाणगंगामा ३ वर्षे कार्यकालको लागि चुनाव मार्फत नेतृत्व चयन हुने भएको छ। रातभर नेताहरूले सहमति गर्न प्रयास गरेपनि उम्मेदवारहरूले आफ्नो अडान नछाडेपछि चुनावको प्रक्रिया अघि बढाइएको हो। चुनावको प्रकृया सुरु भइसकेको छ, र मनोनयन तथा उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित गरिएको छ।

आज बिहान १० बजेदेखि मतदान हुनेछ। एमाले नेता विष्णु गिरीका अनुसार उपसचिव र महिला उपसचिव निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवमा चेतनारायण भण्डारी निर्विरोध चयन भएका छन् भने महिला उपसचिवको रुपमा लक्ष्मी चौधरी पनि निर्विरोध चयन भएकी छन्।

अब, अध्यक्ष, उपाध्यक्ष र उपसचिव पदको लागि चुनाव हुने छ। अध्यक्ष पदमा मदन शाही र सोमनाथ अर्यालबीच प्रतिस्पर्धा हुनेछ। उपाध्यक्ष पदको लागि भीम बहादुर थापा (वडा नम्बर ४), ध्रुव बेलबासे (वडा नम्बर ९) र बाबुराम अर्याल (वडा नम्बर ५) बीच प्रतिस्पर्धा हुनेछ। उपसचिव पदमा भने जगत राज रेग्मी, खगेन्द्र घिमिरे र हरि शकर पौडेलबीच प्रतिस्पर्धा हुनेछ।

दिउसोसम्म मतदान सकेर, आजै नतिजा निकाल्ने तयारी भइरहेको गिरीले जानकारी दिए। अहिले बुथ निर्माण लगायतका तयारी कार्यहरू भइरहेको छ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  १ : ०६ बजे