संसदीय विशेष समितिले आज पनि कैदीबन्दीसँग बयान लिने


३० श्रावण २०८१, बुधबार  

0
Shares

सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बुधबार पनि बयान लिने भएको छ।

कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान मंगलबार नसकिएकाले बुधबार पनि लिन लागिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। उनका अनुसार छानबिन समितिको बैठक केही बेरमा शुरु हुनेछ।

समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ। थप दुई जनाको बयान लिने क्रम जारी छ। समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ।

सहकारी प्रकरणमा जोडिएका ३० जनासँग बयान लिने समिति सदस्य दाहालले बताए। त्यसका लागि समितिको बैठक भदौ २ गतेसम्म निरन्तर बस्ने तयारी रहेको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  १० : १८ बजे