गृहमन्त्री रवि लामिछाने माथी पनि कारवाही हुन्छ: लेखक


१६ जेष्ठ २०८१, बुधबार  

0
Shares

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा जसले गैरकानुनी रुपमा रकम लिएको छ छानबिन गरी उसमाथि कारबाहीको सिफारिस गर्ने भनेर स्पष्ट उल्लेख भएकाले गृहमन्त्री रवि लामिछानेको नाम नराखिएको बताएका छन्। 

गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नैपर्ने बटमलाइन बनाएको कांग्रेसले अन्तत: नाम उल्लेख नगरी सहमति जनाएपछि आज दलहरूबीचको सहमतिका आधारमा सहकारीका विषयमा संसदीय छानबीन समिति बनेको छ। 

उक्त विषयमा थप प्रष्ट पार्न कांग्रेसले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जिज्ञासामा लेखकले गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न भएमा त्यस्ता व्यक्तिमाथि छानबिन गरी कानुन अनुसार कारबाहीका लागि सिफारिस गरिने छ भनेर स्पष्ट उल्लेख रहेकाले गृहमन्त्री लामिछाने संलग्न भए कारबाही हुने प्रतिक्रिया दिए। 

उनले भने, ‘जो पनि संलग्न छन्, उनीहरूमाथि कारबाहीको सिफारिस गरिने छ भन्ने भएपछि गृहमन्त्री रवि लामिछाने संलग्न देखिए कारबाही हुन्छ, अरु देखिए अरु पनि कारबाहीमा पर्छन्। नाम नलेखेर पनि जान सकिन्छ भनेर सहमतिमा पुगेका हौँ। सबै पार्टी यो विषयमा सहमत छौँ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : ४६ बजे