कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट काङ्ग्रेश समर्थित व्ययवसायी गणेश क्षेत्री निर्वाचित भएका छन् । एमालेका महोन न्यौपानेलाई हराउदै वाणगंगा नगरपालिका वडा नम्बर ४ का पुर्व वडाध्यक्ष समेत रहेका क्षेत्री बिजय भएका हुन् ।
विजयी क्षेत्रीले ९१२ मत ल्याउँदा न्यौपानेले ८५१ मत ल्याए ।
यस्तै क्षेत्रीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, न्यौपानेको प्यानलबाट वाणिज्य उपाध्यक्षमा नारायण पौडेल, क्षेत्री प्यानलबाट महासचिवमा नवदत्त घिमिरे, न्यौपाने प्यानलबाट सचिवमा दामोदर पन्थी, कोषाध्यक्षमा धिरज खनाल र सहकोषाध्यक्षमा कृष्णप्रसाद गैरे विजयी भएका छन् ।
यस्तै क्षेत्रगत तर्फ भलवाड, ओदारी, पटानाबाट क्षेत्री प्यानल र कोपवा, बनगाई, चप्परगाऊ, बोर्डगाउँबाट न्यौपाने प्यानलका सदस्य विजय भएका हुन् ।
नतिजा सम्बन्धि थप विवरण आउन बाकिँ रहेको छ ।
•