अग्रवाल सहित अन्य ६ जना विरुद्ध आर्थिक अनियमितताको आरोप


११ बैशाख २०८३, शुक्रबार  

0
Shares

 —  

विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहको मिलेमतोमा भएको सेयर कारोबारमा अन्य व्यापारीको समेत संलग्नता देखिएको छ ।

धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनअनुसार भट्टसहित पाँच जना आरोपित र संस्था तथा व्यक्ति गरेर सात जना सहयोगीका रूपमा देखा परेका छन् । सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर र सन्दीप चाचान कसुरका आरोपित हुन् । 

आर्थिक पारदर्शिताको मामिलामा अलि कठोर ढंगले अगाडि बढेको भन्दै जानकारहरूले सरकारको प्रशंसा गरेका छन्।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ४३ बजे