एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को अन्तरले हरायो । आर्मीका लागि दीपा शाहीले ५ गोल गरिन् । यस्तै अनिता लम्जेलले २ तथा बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्रीदेवी…