चक्रपथ स्तरोन्नति शुरु

प्रतिकात्मक तस्वीर मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्त्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति शुरु गरेको हो । चक्रपथ स्तरोन्नतिका लागि गएको साउन २९ गते तीन करोड २३ लाख १८ हजार रुपैयाँमा ठेक्का…