धरौटी रकम नबुझाउँदा थुनामै दिपेश

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश दिए पनि धरौटी रकम नबुझाउँदा दिपेश पुन थुनामुक्त भएका छैनन्।  रुपन्देही अदालतका न्यायधीश डाक्टर श्रीप्रकाश उप्रेतीको इजलासले आज पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ।  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका महासचिवसमेत रहेका पुन सुनतस्करी प्रकरणमा समेत…