विकास निर्माणसँग सम्बन्धित समितिमा आबद्ध नहुन रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लेजनस्तरका सामुदायिक सङ्घसंस्था र विकास निर्माणसँग सम्बन्धित समितिमा आबद्ध नहुन मातहतका कमिटी र कार्यकर्तालाई निर्देशन दिएको छ। रास्वपाले आज जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता समितिको नेतृत्व छनोटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ। विज्ञप्तिमा पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप गरेको वा गराइएको…