उपनिर्वाचनबारे छलफल गर्न रास्वपा बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो सोमवार केन्द्रीय समिति बैठक आह्वान गरेको छ।  सत्ता समीकरण फेरबदलपछि सरकारमा सहभागी भएको रास्वपाले आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले उपनिर्वाचनका लागि उम्मेदवार छनोटका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगलाई छाडेर एमालेसहितको नयाँ…