ओम प्रकाश पौडेल वाणगंगा ४ फागुन होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय वाणगंगा ४ सिद्धिपुर कपिलवस्तुमा खेल सप्ताह सुरु भएको छ। विद्यालयको वार्षिक क्यालेन्डर अनुसार खेल सप्ताह सोमबारदेखि सुरु भएको प्राचार्य वासुदेव घिमिरेले जानकारी दिनुभयो। विद्यार्थीको सर्वाङ्गिण विकासको एउटा पाटो शारीरिक तथा मानसिक विकासलाई मध्यनजर गर्दै राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई अंगीकार गरेर…