सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्थानीय तह बनेको लामो समयसम्म पनि सुदूरपश्चिम सरकारले स्थानीय सेवा ऐन नल्याएको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । कार्यालयको काम ठप्प पारेर कर्मचारी धनगढीकेन्द्रित आन्दोलनमा छन् । अन्य सबै प्रदेशले ऐन ल्याइसकेका छन् तर सुदूरपश्चिम प्रदेशले मात्रै बाहना गरेको आरोप उनीहरूको छ । ऐन जारी नहुँदा…