काठमाडौं : हिमालयन चेस एकेडेमीको आयोजनामा गोल्डेनगेट एसईई कप- २०२४ शनिबारदेखि हुने भएको छ। यसैपालि एसईई (माध्यमिक शिक्षा परीक्षा ) दिएका करिब १०० विद्यार्थीले प्रतिस्पर्धा गर्ने हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले जानकारी दिइन्। गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने तीन दिने प्रतियोगितामा ओपन र गल्र्स गरी दुई क्याटगोरीमा प्रतिस्पर्धा सञ्चालन गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीकी अध्यक्ष खम्बूले बताइन् ।…